डोटी अस्पतालका एक कर्मचारी मृत फेला
डोटी, ३ असार – डोटी अस्पतालमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । जिल्ला अस्पताल डोटीमा ल्याब टेक्निसियन अधिकृतका रुपमा कार्यरत भीमप्रसाद पौडेल बिहीबार राति करिब ८ः३० बजे मृत फेला परेको अस्पतालले जनाएको छ ।
बिहीबार दिउँसोभरि डिउटीमा नआएका पौडेललाई के कति कारणले नआएको भनी बुझ्न जाँदा मृत फेला परेको जिल्ला अस्पतालका निमित्त प्रमुख रामस्वार्थ यादवले बताए । बाँकेको कोहलपुर निवासी पौडेल २०५० सालदेखि डोटीमा कार्यरत थिए ।
अति मिलनसार व्यक्तित्व गुमाउनु पर्दा अस्पताल परिवार शोकमग्न भएको र आजै दिउँसो शोक सभा गर्ने अस्पतालका रमेश मलासीले बताए । पौडेल उच्च रक्तचापको बिरामी भएको अस्पताल स्रोतले बताएको छ ।
पौडेलको पार्थिव शरीरलाई गृह जिल्ला लैजान उनका छोरा र आफन्त जिल्ला अस्पतालमा पुगिसकेका छन् । – रासस