कालाज्वर भएको पुष्टि

76
Shares

 
कञ्चनपुर, १ असार – झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका ४० वर्षीय रविलाल डगौरामा कालाज्वर भएको पुष्टि भएको छ ।

काठमाडौँस्थित शुक्रराज अस्पतालमा रक्त परीक्षण गराउँदा डगौरामा कालाज्वर भएको पुष्टि भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने र तौल घट्ने समस्या देखा परेपछि उनको भारतको बरेलीस्थित अस्पतालमा उपचार गरिएको थियो ।

त्यहाँ रोग निको हुन नसकेपछि जनस्वास्थ्य कार्यालयको सल्लाहमा उनले काठमाडौँस्थित अस्पतालमा उपचार गराउँदा कालाज्वर भएको पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीले बताए । “डगौराको रगत चेकजाँच गराउँदा कालाज्वर भएको पुष्टि भएको छ” उनले भने । डगौरा भारतमा मजदुरी गर्दै आएकाले भारतबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने उनले बताए।

गत वर्ष पनि भारतबाट काम गरेर फर्केका भीमदत्तनगरपालिका–१८ का एक जना युवामा कालाज्वर देखा परेको थियो ।  – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *