दमकमा निःशुल्क चिकित्सकीय सेवा सुरु

दमक, १ असार – दमकमा तीन दशकपछि सरकारी स्तरबाट चिकित्सकीय सेवा सञ्चालनमा आएको छ ।

दमक स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै दमक अस्पतालका रुपमा विकास गरिएपछि यहाँ सरकारीस्तरको अस्पतालले सेवा सुरु गरेको हो ।

दमक १ स्थित दमक अस्पतालले आजदेखि औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ । अस्पतालले विशेषज्ञ डाक्टरसहितको चिकित्सकीय सेवा निःशुल्क सुरु गरेको हो ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन विशेषज्ञ डाक्टर ९एमडी० एक, एमबिबीएस दुईसहित २८ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । शुभारम्भसँगै एक जना एमबिबीएस डाक्टर रेवत थापाले स्वास्थ्य सेवा दिइरहेका छन् ।

निमित्त मेडिकल सुपरिटेन्डेन सिनियर अहेब नगेन्द्र भट्टराईका अनुसार १५ श्ययाको अस्पतालले ओपिडी सेवा, एक महिनापछिबाट परीक्षण, पुलिस केससम्बन्धी स्वास्थ्य सेवा, गर्भवती जाँचलगायतका सेवा निःशुल्क प्रदान गर्नेछ ।

तत्कालीन दमक नगर पञ्चायतको नाममा २०३९ सालमा स्थापना भएको स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएसँगै दमकसहित विशेष गरी माई पश्चिमका नगरपालिका र गाविस तथा पश्चिम दक्षिणी पाँचथर र इलामवासी लाभान्वित हुने छन् ।

अस्पतालको सेवा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले गरेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसहित डाक्टर रेवत थापा र युएनएचसिआर दमकका प्रमुख सेन्जी कुवोलेलगायतले बोलेका थिए ।

प्रमुख अतिथि कार्यकारी अधिकृत दाहालले अस्पतालले जिल्ला अस्पतालको स्तरमा सेवा दिने प्रतिबद्धता दिए।  –  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *