न्याम्सको MD/MS/MDSमा तहमा अध्ययनका लागि भर्ना खुल्यो
काठमाडौँ, ३१ जेठ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शैक्षिक बर्ष २०७३ ७४का लागि १५ वटा विषयमा स्नातकोत्तर एमडीएमएस एमडीएस तहमा अध्ययनका लागि भर्ना आवहान गरेको छ ।
तोकिएको योग्यता पुगेका विद्यार्थीहरुले आगामी ७ असार देखी ७ साउन सम्म आवश्यक कागजात सहित फारम भर्न सक्ने न्याम्सले जनाएको छ ।
आज प्रकाशित सूचना अनुसार न्याम्सले एमडीएमएस एमडीएस अध्ययनका लागि योग्य विद्यार्थीहरु छनौटको आधारहरु समेत सूचनामा प्रकाशित गरेको छ ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोला