संगीतकार अम्बर गुरुङ भेन्टिलेटरमा, स्वास्थ्य अवस्था स्थिर
काठमाडौं, २४ जेठ – ग्रान्डी अस्पतालमा उपचाररत नेपाली राष्ट्र गानका संगीतकार तथा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
गुरुङको ग्राण्डी अस्पतामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर र स्थिर रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले नेपाली हेल्थलाई जानकारी दिए ।
खानेकुरा रक्तचाप पचाउन समस्या हुने, मधुमेह, उच्च रक्तचापजस्ता समस्यापछि उनी एक साताअघि ग्राण्डी अस्पाल भर्ना भएका हुन् ।
दुई महिना भारतको मेदान्त अस्पतालमा नियमित उपचार गरेर गुरुङ चैतमा नेपाल फर्किएका थिए ।