क्यान्सर उपचारमा नयाँ युगको शुरुवात: विशेषज्ञ

cancer

बीबीसी –  बैज्ञानिकहरुले क्यान्सर उपचार नयाँ युगमा प्रवेश गरेको बताएका छन् । जसमा विरामीहरुले उनीहरुको ट्युमरसँग मिल्दो औषधी पाउनेछन्।
संयुक्त राज्य अमेरिकामा एउटा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा प्रस्तुत गरिएको परिक्षण उपचारको तथ्यांकले त्यस्ता औषधीले ट्युमर सुकाउने समयावधि निकै घटेको र क्यान्सर पछि व्यक्तिको आयु लम्ब्याएको देखाएको थियो।

क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्,’ट्युमरमा आधारित उपपचारका कारण नयाँ उपलब्धि संभव भएको हो।यसले अहिले प्रयोग गरिँदै आएका औषधीको विषाक्तताबाट पनि क्यान्सर विरामीहरुलाई मुक्ति दिलाउनेछ। बैज्ञानिकहरुले ट्युमरको अध्ययनमा भएको प्रगतिका आधारमा नयाँ उपचारहरु खोजिएको  बताएका छन् ।

यसैबीच ब्रिटिश वैज्ञानिकहरुले भनेका छन्औषधीको नयाँ प्रयोगले प्यानक्रियाटिक क्यान्सर लागेका व्यक्तिको आयु दोब्बर लम्ब्याउन सक्छ।

क्यान्सर के हो ?

डिएनएमा खराबी आएर म्युटेशन भएर अनियन्त्रित रुपमा कोष बढ्नु नै क्यान्सर हो।अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीको वार्षिक सम्मेलनमा कुन ट्युमरलाई कस्तो औषधी दिने भन्ने एउटा मुख्य विषय रहेको छ। डाक्टरहरु भन्छन्, ‘ट्युमरमाथिको अध्ययन कारण नयाँ उपचार गर्ने तरिका आश्चर्यजनक छ।’

तर अहिले नै उपलब्ध त्यस्ता औषधीहरुमाथि विरामीको पहुँच नभएको तथ्यमाथि गम्भीर चासो व्यक्त भएको छ। नयाँ उपचार पद्दतिमा क्यान्सर एउटै खाले हुँदैनन्, उही तन्तुमा लाग्ने क्यान्सर पनि फरक फरक हुन सक्छन् त्यसैले ट्युमर लक्षित क्यान्सर पद्दति आवश्यक हुने बताइन्छ।
यो त कुन फुटबल खेल्दा अपनाइने रणनीति जस्तै हुन्छ जहाँ बार्सिलोनासँग या न्यू क्यासल युनाइटेडसँग या स्केगनेस टाउनसँग खेल्ने रणनीति फरक फरक हुने गर्छ।

क्यान्सर भनेको डीएनएमा म्युटेशन भएर अनियन्त्रित रुपमा कोष बढ्नु हो। क्यान्सर उपचार‍मा प्रयोग हुँदै आएको केमोथेरापी र रेडियोथेरापीले क्यान्सरजन्य कोषसँगै स्वस्थ कोष पनि मार्ने गर्छ। तर नयाँ उपचार पद्दतिमा हरेक विरामीको ट्युमर परिक्षण गरिन्छ ट्युमर बाँच्न आवश्यक म्युटेशन कस्तो हो भन्ने पत्ता लगाइन्छ र म्युटेशन लक्षित औषधी प्रयोग गरिन्छ जसले ट्युमरलाई समाप्त पारिदिन्छ।

यो अवधारण नयाँ भने होइन। स्तन क्यान्सर भएका महिलाहरुले अहिले नै ट्युमरको जाँच गरेर मात्रै उपचार के दिने निर्धारण गरिन्छ।

नयाँ युग

अणुबंशमा भएको क्रान्तिका कारण वैज्ञानिकहरुले विग्रेको डीएनएको तत्काल र सस्तोमा अनुसन्धान गर्न संभव बनाइएदिएको छ जसले नयाँ किसिमका विशेष औषधी प्रयोग गर्ने बाटोबारे बैज्ञानिकहरुमा ठूलो उत्तेजना फैलाएको छ।

परोपकारी संस्था क्यान्सर रिसर्च युकेका प्रोफेशर पीटर जोनसनले भने,’यो हाम्रो अवधारणाको नयाँ युग हो र यसले पन्ध्र बीस वर्ष अगाडि कल्पना नै गर्न नसकिने किसिमको क्यान्सरको जानकारी र उपचारको संभावना दर्शाएको छ।’

तीस हजार डाक्टर र वैज्ञानिकहरुले भाग लिएको विश्वको सबभन्दा ठूलो क्यान्सर सम्मेलनमा कसरी नयाँ प्रविधिले क्यान्सर विरुद्धको लडाइ भइरहेको छ भन्नेबारे छलफल गरिरहेका छन्।

तर अहिले नै उपलब्ध त्यस किसिमका औषधीमा विरामीको पहुँच नभएको बारे पनि अनेकौं उदाहरण सहित छलफल भइरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *