यी हुन् मूला खानुका आठ लाभदायी गुण

radish

१. मूलामा प्रशस्त मात्रामा प्रोटीन, क्याल्शियम, आयोडिन, आइरनका साथै सोडियम, फस्फोरस, क्लोरीन, म्याग्नेशियम, भिटामिन ए, बी, सी हुन्छ जुन शरीरका लागि फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा पाचन शक्ति बढाउनमा मद्दत गर्छ ।

२. मूलाको नियमति सेवनले पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै पेटका बिरामीहरुका लागि फाइदाजनक हुन्छ । पेट भारी महसुस भएमा मूलाको रसमा नुन मिलाएर खानाले आराम मिल्छ ।

३. मूलाको नियमित सेवनले मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

४. मूलाको सेवनले रगतलाई शुद्ध अर्थात सफा बनाउँछ र सौन्दर्य बढाउन मद्दत गर्छ ।

५. मूला नियमित रुपमा खानाले शरीरको दुषित पदार्थ तथा शरीरको कार्बनडाइअक्साइड निकालेर अक्सिजन प्रदान गर्छ ।

६. मूलामा पाइने क्याल्शियमले दाँत तथा हड्डी बलियो बनाउन मद्दत गर्छ ।

७. मूलाको रसमा अनारको रस मिलाएर सेवन गर्नाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ र शरीरमा रक्तअल्पता हुनबाट बचाउँछ ।

८. मूलामा प्रशस्त मात्रामा फ्लोरिक एसिडका साथै एन्थोकाइनिस हुन्छ जसले क्यान्सर रोगसंग लड्न सक्ने क्षमताको बिकास गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *