कान्तिपुरले गर्यो १ हजार २८० जना विद्यार्थीको निशुल्क दन्त परीक्षण
काठमाडौँ, २१ जेठ- बाँसबारीस्थित चाँदबाग स्कुलका १ हजार २८० जना विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरिएको छ । कान्तिपुर डेन्टल हस्पिटल महाराजगञ्ज शाखाले तीन दिनसम्म दन्त शिबिर सञ्चालन गरि उनीहरुको दाँत परीक्षण गरेको हो ।
शिबिरमा गएकी हस्पिटलकी डाक्टर रोजिनाका अनुसार परीक्षण गरेका अधिकांश विद्यार्थीहरुको दाँतमा किरा लाग्ने तथा गिँजाको स्वास्थ्य समस्या देखिएको थियो ।
सो अवसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीहरुलाई दाँत स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिएको थियो । कान्तिपुर डेन्टलले यसअघि पनि विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरी सामाजिक उत्तरदायित्व निर्भाह गरेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]