मधुमेहका बिरामीले केरा खानु फाइदा कि बेफाइदा

 

 

banana-5

मधुमेह रोग लागेका ब्यक्तिको शरीरमा उचित मात्रामा इन्सुलिनको उत्पादनमा कमी हुन्छ । जसकारण रगतमा ग्लुकोजको मात्रा बढी हुन जान्छ । त्यसैले सुगरको स्तर नियमित राख्न अर्थात् बढी हुन नदिनका लागि खानेकुरामा बिशेष ध्यान दिनु जरुरी हुन्छ ।

मधुमेह रोग लागेका बिरामीहरुले केराको सेवन गर्नु फाइदाजनक हुन्छ । केरामा प्रशस्त मात्रामा फाइबरका साथै भिटामिन ए, सी, बी६, पोटाशियम तत्व हुन्छ । केरामा हुने भिटामिन बी६ ले मस्तिष्कलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

त्यसैगरी भिटामिन सीले रोगसंग लड्न सक्ने क्षमताको बिकास गर्छ । पोटाशियमले ब्लडप्रेशर नियन्त्रण गर्नुका साथै नियमित राख्न मद्दत गर्छ । केरामा पाइने फाइबरले पेटसम्बन्धी समस्या तथा भोक कम लाग्नमा मद्दत गर्छ ।

यसका साथै केराको नियमित सेवनले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ । हरेक दिन एक वटा केराको सेवन गर्नाले फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *