मुहारलार्ई कसरी चम्किलो बनाउने ? अपनाउनुस् यी तरिका

face
जैतुन तेल  :

जैतुन तेलमा एन्टी अक्सिडेन्ट हुन्छ । यसलाई त्वचामा लगाउनाले सुख्खा तथा फूस्रो छालालाई नरम र सुन्दर बनाउन मद्दत गर्छ ।

नरिवल तेल :

नरिवलको तेलले प्राकृतिक रुपमा त्वचालाई सुन्दर र नरम बनाउँछ । यसलाई मुहारमा लगाउनाले मुहारमा चमक पैदा हुन्छ ।

दही :

दहीम लेक्टिक एसिड हुन्छ । साथै एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले छालामा हुने ब्याक्टेरियालाई नष्ट गर्छ ।

मह :

महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

जौ  :

जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०(१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।

आलु :

आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

कागती

अनुहारको छालाको सौन्दर्यमा कागतीको महत्वपूर्ण भूमिका हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *