ग्राण्डीले ल्यायो ल्यापरोस्कोपिक प्याकेज, जुन महिनाभर २० प्रतिशत छुट

grande juneकाठमाडौँ, १९ जेठ – धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस जुन महिनाभर महिला स्वास्थ्य बिशेष ल्यापरोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ । प्याकेज अन्तर्गत जुन महिनाभरी अस्पतालमा गरिने गाइनेकोलोजी ल्यापरोस्कोपिक सर्जरीहरुमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

ल्यापरोस्कोपिक सर्जरी पेटमा चिरा नलगाइ सानो प्वालमात्र बनाइ दुरबिन जडित उपकरण भित्र पठाइ गरिने शल्यकृया हो । यस प्रबिधिबाट पाठेघर निकाल्ने हिस्टेरोक्टोमी, पाठेघरको ट्युमर निकाल्ने मायोमेक्टोमी, अण्डासयको गोलाहरु निकाल्ने सिस्टेक्टोमी तथा पाठेघरको क्यान्सरको लागि गरिने अप्रेशन रेडिकल हिस्टेरेक्टोमी समेत गर्न सकिन्छ ।

पछिल्ला दिनहरुमा पेटमा प्वाल समेत नबनाई पाठेघरको मुखबाट दुरबिन भित्र पठाई पाठेघर भित्र गर्भ बस्ने ठाँउबाट मासु निकाल्ने हिस्टेरेस्कोपी शल्यकृयाहरुपनि सम्भव भएको छ ।

ग्रान्डीले हालसम्म सफलतापुर्बक निदानको लागि गरिने ल्यापारोस्कपी डायग्नोष्टिक ल्यापरोस्कोपी ,पाठेघर निकाल्ने ल्यापरोस्कोपिक हिस्टेरोक्टोमी, पाठेघरको गोला निकाल्ने मायोमेक्टोमी, अण्डाशयका गोलाहरु निकाल्ने ल्यापरोस्कोपिक सिस्टेस्टोमी, बन्द भएका तथा बाँधिएका डिम्व बाहिनी नलीहरु जोड्ने ट्युव रिक्यानलाइजेशन, पाठेघरको क्यानसरकोलागि गरिने अप्रेशन रेडिकल हिस्टेरेक्टोमी तथा पाठेघर भित्रबाट ट्युमर निकाल्ने हिस्टेरोस्कोपिक मायोमेक्टोमी लगायतका शल्यकृयाहरु दुरबिनको माध्यमबाट नेपलमा नै गर्दै आइरहेको छ ।

अस्पतालले यसअघि पनि आफ्ना  स्वदेशी तथा बिदेशी बिरामीहरुलाई स्थापना कालदेखी नै स्त्रीरोग सम्वन्धि सम्पूर्ण ल्यापरोस्कोपीक तथा हिस्टेरोस्कोपीक शल्यकृया सेवा प्रदान गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *