बच्चाको उचाइ बढाउन के गर्ने ? अपनाउनुस् यी तरिका

tall boy

बच्चा तथा बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ।

उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि बिभिन्न पोषक तत्वका साथै उचित स्याहार सुसार हुन जररत हुन्छ ।

बच्चा दुई वर्षको भएपछि उसको हड्डी तथा मांशपेशीहरु मजबुत हुन थाल्छ र हिड्हुल गर्न सक्छ । यसका लागि उसलाई बिभिन्न पौष्टिक तत्वको जरुरत पर्छ ।

हरेक बच्चा एक वर्षमा २.५ इन्च उचाइ बढ्छ ।उसको उचाई बढ्नमा हर्मोन, पोषण, ब्यायामका साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि बिभिन्न पौष्टिक तत्व खुवानुपर्ने हुन्छ ।

त्यसका लागि यी चीजहरु खुवानु राम्रो हुन्छ :

दूधजन्य पदार्थ  :

  बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको जरुरत हुन्छ जसमा प्रटिन तथा क्याल्शियम हुनछ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।

अण्डा :

अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि जरुरी तत्व हुन्छ । जसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न मद्दत गर्छ ।

चिकन :

चिकनमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ । जसले बच्चाको शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

 केरा :

केरामा प्रशस्त मात्रामा बिभिन्न प्रकारका भिटामिन पाइन्छ । यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ । र केरामा म्मयाग्नेशियम, पोटाशियमका साथै क्याल्शियम जस्ता पोषक तत्व पाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *