सूर्तीजन्य पदार्थ सेवन गर्नुका असरहरु

smoking

सूर्तीजन्य पदार्थको सेवन गर्ने ब्यक्तिमा मस्तिष्कघात तथा हृदयघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।

दमको रोग लागि मृत्यु हुने सम्भावना १३ प्रतिशत हुन्छ ।

मिर्गौलालाई काम गर्न नसक्ने बनाइदिनुका साथै मुख, घाँटी, आन्द्रा, स्तन पिसाबथैली जस्ता अंगमा क्यान्सरको खतरा हुन्छ ।

मधुमेह रोगको जोखिम उच्च बनाइदिन्छ ।

सूर्तीजन्य पदार्थको सेवनले रक्तनलीको भित्री भागमा कोलेस्टेरोल जम्मा गराउँछ ।

लामो समयसम्म धुम्रपान गरेका मानिसमा खान मन नलाग्ने तथा पाचन प्रक्रियामा समस्या निम्त्याउँछ ।

युवा अवस्थामानै कपाल झर्ने तथा छिटो फुल्ने समस्या हुन्छ ।

उमेरभन्दा बढी पाको देखिन्छ ।

कान कम सुन्ने तथा आँखा कमजोर बनाइदिन्छ ।

गर्भवती महिलाले धूमपान गरेमा बच्चा समय नै नपुगी जन्मन सक्छ साथै सूर्ती सेवन गर्ने महिलामा बाँझोपनको समस्या हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *