यी हुन् चुरोट छोड्दा हुने फाइदा

Quitsmoking
१.चुरोटको सेवन बन्द गर्नासाथ हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ ।

२. क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।

३. चुरोट छाडेको १० वर्षमा हुदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको ब्यक्ति जस्तै हुने एक अध्ययनले देखाएको छ ।

४. चुरोट खान छोड्दा केही हप्तामै थकाइ कम भएको महसुस हुँदै जान्छ ।

५. बिहान उठ्दा मस्तिष्क ताजा र स्वस्थ महसुस हुनुका साथै शरीर फूर्तिलो महसुस हुन्छ ।

६. रक्तसंचारमा सुधार हुँदै जान्छ र हिँडडुल गर्न सजिलो महसुस हुन्छ ।

७. स्वाद र सुँघ्ने क्षमतामा बृद्धि भई खाना खान मन लाग्छ ।

८. शरीर, मुख तथा श्वासबाट चुरोटको दुर्गन्ध आउँदैन ।

९. चुरोटको धुँवाले खानेलाई मात्र नभएर अन्य ब्यक्तिलाई समेत हानि पुर्याउने हुँदा चुरोट सेवन गर्न बन्द गर्दा अरुको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *