नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)को अधिवेशन आज (उम्मेदवारको सूची सहित)

NPA

काठमाडौँ, १५ जेठ – फार्मासिष्टहरुको छाता संगठन नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)को अधिवेशन शनिवार आज हुने भएको छ । नियमित अवधी भन्दा करीब डेढ बर्ष ढिलो भएको हुन लागेको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

सिनामंगलस्थित बिस्रान्ती पार्टीप्यालेसमा हुने अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा धर्मप्रसाद खनाल, शशीकान्त चौधरी, माधव पराजुली र डा रोवशकुसुम सुवेदीले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष पदमा क्षितिज गड्तौला, डा राजेन्द्र ज्ञवाली र सुमन ज्ञवालीको उम्मेदवारी परेको छ । महासचिव पदमा ललितमोहन पन्त, सरोज बरालले उम्मेदवारी दिएका छन् ।

सचिव पदमा प्रदीप पौडेल, राजेश श्रेष्ठ, सञ्जीव कुमार झाको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्ष पदमा सुस्मा अधिकारी, प्रियशा महर्जनले उम्मेदवारी दिएका छन् ।

एसोसियसनले यसपटक प्रचार सचिव भनेर नयाँ पदको समेत सिर्जना गरेको छ । जसमा संजीव कटेल, तिलासा बज्राचार्यको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका सदस्य प्रदीप लम्सालका अनुसार अधिवेशनबाट चार जना सदस्य समेत छनौट हुनेछन् । अध्यक्ष, उपाध्यक्ष महासचिव लगायतका ‘पोर्टफोलियो’मा उम्मेदवार दिनका लागि कम्तीमा १० बर्ष सदस्य भएको हुनुपर्ने प्रावधान रहेकोमा यसपटक सो प्रावधानलाई यथावत राख्नेकि संसोधन गर्ने भन्नेमा समेत गम्भीर छलफल हुने बताइएको छ । एनपीएमा झण्डै १ हजार २ सय सदस्य छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *