यी हुन् लौका खानुका सात फाइदा

196
Shares

lauka

गर्मी मौसम सुरु भएसंगै बजारमा पाइने लौका बिशेष गरी तरकारीका रुपमा प्रयोग हुने गर्दछ । यसलाई जुस पनि बनाएर पिउन सकिन्छ ।जुन स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ ।

यस्ता छन् लौका खानुका फाइदा :

१. नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।

२.लौकामा रहेको न्यूटेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक तनाव कम गर्न मद्दत गर्छ ।

३. लौकाको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ र प्रशस्त मात्रामा फाइबर हुन्छ जसले भोक लाग्बाट रोक्छ ।

४. कब्जियत तथा एसिडिटी भएका ब्यक्तिहरुका लागि लौकाको जुसले निकै फाइदा गर्छ किनकी यसमा फाइबर हुन्छ जसले पेट सफा गर्न मद्दत गर्छ ।

५. लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

६. यसको सेवनले शरीरमा कोलेस्टेरोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अक्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

७. लौको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च रक्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *