स्वास्थ्य क्षेत्रको बृद्धिदर गतवर्ष भन्दा १.६४ प्रतिशतले कम

0
Shares

mohpकाठमाडौँ, १३ जेठ – स्वास्थ्य क्षेत्रको वृद्धिदर गत वर्षकोे १०.४९ प्रतिशतको तुलनामा चालु आर्थिक वर्षमा ८.८५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । साथै कुल ग्रार्हस्थ्य उत्पादनमा यस क्षेत्रको हिस्सा १.७७ प्रतिशत रहने प्रारम्भिक अनुमान आर्थिक सर्वेक्षणले गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलद्वारा आज व्यवस्थापिका–संसदमा  प्रस्तुत आर्थिक सर्वेक्षणमा नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको सूचीमा पु¥याउन यस क्षेत्रलाई मुख्य आधारशीलाका रुपमा लिइएको छ ।

सन् २०१५ सम्ममा पाँच वर्षमुनिका बाल मृत्युदर प्रतिहजारमा ३८, शिशु मृत्युदर प्रतिहजारमा ३३, नवजात मृत्युदर प्रतिहजारमा २३, मातृ मृत्युदर एक लाखमा जीवित जन्ममा १९० र कुल प्रजननदर २.३ रहेको छ ।

स्तै   एक सय २३ अस्पताल, ३८४ आयुर्वेदिक अस्पताल, २४६ प्राथमिक स्वास्थ्य संस्थाबाट करिब ९० लाख ५५ हजार जनताले अन्तरङ्ग तथा बहिरङ्ग सेवा लिएका सर्वेक्षणमा उल्लेख गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *