त्रिविको पीसीएल नर्सिङको प्रवेश परीक्षा १८ असारमा ( सूचना सहित)

iom-office-TU

काठमाडौँ १२ जेठ –  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफ्ना आंगिक क्याम्पसमा प्रविणता प्रमाणपत्र तह( पिसिएल नर्सिङ )मा अध्ययन गर्न चाहनेका लागि आवेदन मागेको छ ।

आइओएमले आगामी १६ जेठ देखि ९ असार सम्म प्रवेश परीक्षाका लागि आवेदन गरिसक्नुपर्ने जनाएको छ । आइओएमले प्रवेश परीक्षा भने १८ असारमा तोकेको छ । कक्षा सञ्चालन ४ साउन देखि हुने बताइएको छ ।

आइओएमले पीसीएल नर्सिङ अध्ययन गराउन पोखरा नर्सिङ क्याम्पसका लागि ४६ सिट, नेपालगञ्ज नर्सिङ क्याम्पसका लागि ४५ सिट, बिराटनगर नर्सिङ क्याम्पसका लागि ४५ सिट र बीरगञ्ज नर्सिङ क्याम्पसका लागि ४५ सिट निर्धारण गरेको छ ।

विस्तृत जानकारी लिनका लागि यहाँ क्लिक गर्नुहोला          

हाम्रो फेसबुक पेज लाइक गर्नुभयो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *