निशुल्क डायलासिस गर्ने सरकारको निर्णय प्रति चिकित्सक संघ खुशी
काठमाडौँ , ११ जेठ – मिर्गौला फेल भएका व्यक्तिहरुको निशुल्क डायलासिस गर्ने सरकारको निर्णय प्रति नेपाल चिकित्सक संघले खुशी व्यक्त गरेको छ । उसले उक्त निर्णयको बैज्ञानिक एवं पारदर्शी कार्यविधि बनाई यथाशिघ्र लागू गर्न समेत माग गरेको छ ।
संघका महासचिव डा. मुक्तिराम श्रेष्ठले मंगलबार विज्ञप्ती जारी गर्दै आवश्यक परेको खण्डमा संघले मापदण्ड तथा कार्यविधि बनाउन सहयोग गर्ने समेत जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘अस्वस्थकर खानपान एवं औषधिहरुको जथाभावी प्रयोगका कारण हाल नेपालमा करिब २६ लाख मानिस मिर्गौलाको कुनै न कुनै समस्याबाट पिडित भएको बर्तमान अवस्थामा सरकारको निर्णय सरहानीय छ ।’
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



