बी एण्ड सी हस्पिटलद्धारा १ हजार २ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण

b & cझापा, १० जेठ – बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा एक हजार २ सय १६ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार परीक्षणमा आएकाहरुलाई आवश्इ यस अवसरमा उनीहरूलाई एक हप्ताको निःशुल्क औषधि वितरण गर्नुका साथै ल्याब परीक्षणमा छुट दिइएको थियो ।

शिविरमा पाकिस्तानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मजहर खान, डा. दिवस खड्का, डा. सोनिया प्रसन्न थापा र डा. किशोर कुमारले बिरामीको स्वास्थ्य परीक्षण गरेको बताइएको छ ।

यसैबीच उक्त हस्पिटलमा जेठ २ गतेबाट सञ्चालन भएको स्त्रीरोगसम्बन्धी विशेष शिविर आगामी जेठ १४ गतेसम्म सञ्चालन हुने जनसम्पर्क अधिकारी गिरीले बताए ।

शिविरमा डा. सुनिल साह, डा. रूपसना खानलगायतको विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिइरहेको बताइएको छ ।साथै शिविरबाट सिफारिस भएका बिरामीको शल्यक्रियामा २५ प्रतिशत छुटलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।शिविरमा आउने महिलाको सङ्ख्या बढिरहेकाले अवधि बढाइएको जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *