झापाका दश प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पिडित

झापा, ९ जेठ –   झापा बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पिडितभएको पाइएको छ ।

बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्या सम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघर खस्ने समस्या भेटिएको हो ।

नगरपालिकाको छ स्थानमा भएको शिविरमा दुई हजार एक सय २३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा दुई सय २५ जनामा पाठेघर खस्ने समस्या भेटिएको अनारमनी स्वास्थ्य चौकीकी सिनियर अहेब सविता सापकोटाले बताइन ।

उनका अनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्या २५ रहेको छ । जसलाई मेडिकलको भाषामा थर्ड डिग्रीको समस्या भनिने गरेको अहेब सापकोटाले बताइन ।

त्यसैगरी पहिलो र दोस्रो चरणको समस्या ७१ जना महिलामा देखिएको छ भने भिआइए परीक्षण गर्दा एक सय २९ जनामा भिआइए पोजेटिभको समस्या भेटिएको अहेब सापकोटाले बताइन ।

अनारमनी स्वास्थ्य चौकी र चारपाने स्वास्थ्य चौकीको सहयोगमा महिला उपभोक्ता समिति गठन गरी नगरपालिकाले छ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । महिलामा पाठेघरको समस्या जटिल बन्दै गएपछि नगरपालिकाले ०७२/ ७३ को बजेटमा रु आठ लाख छुट्याएको थियो ।

सोही रकमबाट निःशुल्क स्वास्थ्य शिविर गरिएको उपभोक्ता समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले बताइन । समस्याको पहिचानको सुरुवात मात्र गरिएको बताउँदै समाजमा यस्तो समस्या भएका धेरै पीडित महिला अझै शिविरमा नअएको प्याकुरेलले बताइन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *