स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति गठन
काठमाडौँ, ८ जेठ – नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा ललिलपुरले विजय महर्जनको अध्यक्षतामा महालक्ष्मी नगरसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रोशन बस्नेत, सचिवमा सुशान महर्जन र कोषाध्यक्षमा चन्दा महर्जन चुनिएका छन् ।
समितिका सदस्यहरुमा अनुज भण्डारी, श्रीमती किरण प्रजापती, अनिल महर्जन र निरोज महर्जन रहेका छन् ।