उत्तम मोक्तानले राखे योगमा विश्व कीर्तिमान

(151218) -- KATHMANDU, Dec. 18, 2015 (Xinhua) -- Nepal's 30-year-old Uttam Moktan performs yoga to challenge the Guinness World Record of the longest yoga marathon, in Kathmandu, Nepal, Dec. 17, 2015. (Xinhua/Sunil Sharma)

काठमाडौँ ८ जेठ – काभ्रेपलाञ्चोकका योग प्रशिक्षक तथा विश्वदर्शन अभियान नेपालका सदस्य उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म विविध योगासन गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसले सबैभन्दा लामो समय योगासन गर्ने सूचीमा उनको नाम शुक्रबार दर्ता गरेको छ । मोक्तानले गत वर्ष पुस २–४ गतेसम्म वाल्मीकि विद्यापीठमा सो समयसम्म सार्वजनिक रुपमा योगासन गरेका थिए ।

गिनिजबुकमा यसअघि भारतकायोगराज सिपीले ४०घन्टा १५मिनेटसम्म योगासन गरेको अभिलेख छ ।  विकासानान्द योगीका शिष्य मोक्तानले विवेकानन्द योग विश्वविद्यालय, बेङ्लोर भारतबाट योगमा विद्यावारिधि पनि गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *