सुआहार : पोषण सुधारका लागि विश्वमै नवीनतम कार्यक्रम

काठमाडौँ, ५ जेठ –  विश्वकै सबै भन्दा नवीनतम तथा अग्रणी पोषण कार्यक्रमका रुपमा सुआहार (एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम) ठहर भएको छ ।

अमेरिकाको टफ्ट्स विश्वविद्यालयका पोषण विज्ञ प्राडा प्याट्रिक बेबले नेपालका सञ्चालित सुआहारको कार्यक्रमको प्रतिफलका बारेमा गरेको अध्ययनमा सो पुष्टि भएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)को आर्थिक प्राविधिक सहयोगमा ‘सेभ दि चिल्ड्रेन’ले सन् २०११ देखि सो कार्यक्रम विभिन्न ४१ जिल्लामा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमका मुख्य उपलब्धिका बारेमा सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा खानेपानी, विशेषगरी कुखुरापालन, घरायसी बगैँचा र परिवार नियोजनका क्रियाकलापमार्फत पोषणमा सुधार ल्याउन सुआहारा नवीनत देखिएको जानकारी दिइयो ।

पाँच वर्षको अन्तरालमा पाँच करोड ७० लाख अमेरिकी डलर बराबरको रकम सो कार्यक्रमले खर्च गरेको थियो । विशेषगरी गर्भवती महिला र दुईवर्ष मुनिका बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन कार्यक्रमले सकारात्मक व्यवहारमा परिवर्तन ल्याएको कार्यक्रममा जानकारी दिइयो ।

प्राडा बेबले गरेको अध्ययनमा सो कार्यक्रमको प्रतिफल स्वरुप मापदण्ड अनुसारको खाना प्राप्त गर्ने ६ महिनादेखि २३ महिनाको बालबालिकाको वृद्धि भई ५९ प्रतिशत पुगेको, बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने कार्य ७३ प्रतिशत पुगेको, १२१ गाविसमा खुला दिसामुक्त घोषण गर्न सफल भएका, स्वास्थ्य सेवामा बालबच्चा जन्माउने कार्य ६८ प्रतिशत पुगेको र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारको ज्ञानमा वृद्धि भएको देखिएको छ ।

सुआहार कार्यक्रमबाट ती जिल्लाका ४१ लाख प्रत्यक्ष लाभान्वित भएका थिए । सरकारले कार्यक्रमको उपलब्धिलाई ध्यान दिँदै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *