परवल एक फाइदा अनेक

parbal

हरियो तरकारी मध्ये परवर पनि एक हो । यो प्राय सबैको घरघरको भान्सामा पाक्ने गर्छ र बजारमा पनि सजिलै पाउन सकिन्छ । परवल निकै स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

थाहा पाउनुस् परवलका के – के फाइदा रहेछन् :

१. परवलमा प्रशस्त मात्रामा भिटामिन ए, बी१, बी२, सी का साथै क्याल्शियम हुन्छ । जसले क्यालोरीको मात्रा कम गरी शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

२. यसको नियमित सेवनले त्वचा सम्बन्धी बभिन्न समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत निको पार्न मद्दत गर्छ ।

३. परवलको नियमित सेवन गर्नाले शरीरमा रक्तसंचार प्रवाहलाई चुस्त बनाउनुका साथै पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. यसमा प्रशस्त फाइबर हुन्छ जसले पाचन क्रियालाई मजबुत बनाइराख्न मद्दत गर्छ ।

५. परवरको सेवनले रगत सफा गर्न मद्दत गर्नुका साथै अनुहार चम्किलो बनाउँछ ।

६. परवलमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले शरीरलाई स्वस्थ बनाउनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

७. यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *