हातलाई कसरी सफा बनाउने ? अपनाउनुस् पाँच तरिका

hand

१. काँचो दूध :

हातलाई सफा र चम्किलो बनाउनको लागि काँचो दूधले हात मसाज गर्नु राम्रो हुन्छ । जसले हातको फोहर मैला निकाल्नुका साथै छालालाई सुन्दर बनाउन मद्दत गर्छ ।

२. कागति :

कागतिमा सीट्रिए एसिड हुन्छ । त्यसैले यसलाई हातमा रगडेर लगाउनाले हात चम्किलो बनाउँछ र हातको रंगमा फरकपन पैदा गर्छ ।

३. गोलभेंडाको रस :

गोलभेंडाको रसमा थोरै कागकिो रस मिसाएर हात मसाज गर्नाले हातमा फोहर मैला हट्नुका साथै हातलाई गोरो बनाउन मद्दत गर्छ ।

४. आलुको रस :

काँचो आलुको रस निकालेर २० मिनेट जति हातमा लगाएर सफा पानीले धूने गर्नाले हात चमक पैदा हुन्छ । यो तरिका हप्तामा दुई तीन दिन गर्नु आवश्यक हुन्छ ।

५. बेसन :

बेसन अर्थात चनाको पिठोले हातको मैला निकाल्न मद्दत गर्नुका साथै यसलाई पेस्ट बनाएर हातमा लगाउनाले हातमा फरकपन देखिन्छ र हात सफा नरम र उज्यालो देखिन्छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *