रहिनन् विश्वकै सबैभन्दा बृद्ध महिला सुसान्नाह

susannahmushattjones-

न्युयोर्क – विश्वकै सबैभन्दा बृद्ध महिला सुसान्नाह मुसात जोन्सको निधन भएको छ । उनी ११६ वर्षकी थिइन् ।

लसएन्जेल्सस्थित जेरन्टोलोजी रिसर्च (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङका अनुसार व्रोक्ल्यानस्थित बृद्धाश्रममा विहीबार राती उनको मृत्यु भएको हो ।

उनी उक्त बृद्धाआश्रममा तीन दशक देखि बस्दै आएकी थिइन । तर पछिल्लो दश दिन देखी उनी अस्वस्थ बन्दै गएकी थिइन् । उनी मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्मेकी थिइन् ।

जोन्सको जीवनी

एघार जना दाजुभाइ/दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेकी थिइन् ।

उनले केही वर्ष वैवाहिक जीवन बिताएपनि उनको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् ।

गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उनको नाम गिनिज बुक अफ वल्ड रेकर्डस्मा लेखिएको थियो ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *