मेथी औषधीय गुण

methi

मेथी दाना होस् या पात यसको प्रयोग निकै भएको पाइन्छ । मेथीको दाना र पात तथा साग प्राय सबै मानिसहरुलाई मन पर्छ । यसले खानालाई स्वादिलो बनाउँछ ।

मेथी स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । मेथी सेवन गर्नाले शरीरमा हुने बिभिन्न समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१. मेथीको सेवनले पेट सम्बन्धी समस्याहरु ग्याँस्ट्राइटिस, कब्जियत तथा झाडापखाला जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. यसको नियमित सेवनले शरीरमा कोलेस्ट्रोरल कम गर्नुका साथै मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

३. मेथीको पातमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले शरीरमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन मद्दत गर्नुका साथै यसको सेवनले मधुमेह रोग लागेका ब्यक्तिहरुका लागि फाइदाजनक हुन्छ ।

४. मेथीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्छ । यसमा प्रशस्त मात्रामा पोटाशियम हुन्छ जसले ब्लडप्रेसर नियन्त्रण गर्न मद्दत गर्छ ।

५. मेथीमा प्रशस्त मात्रामा भिटामिन ए तथा भिटामिन सी हुन्छ जसले अनुहार तथा त्वचामा भएका दागहरु हटाउन मद्दत गर्छ ।

६. मेथीको फेसप्याक बनाएर मुहारमा लगाउनाले डन्डीफोर हट्नुका साथै मुहार चम्किलो र सफा हुन्छ ।

७. मेथीको पातलाई पेस्ट बनाएर कपालमा लगाउनाले कपाल कालो, लामो नरम तथा मुलायम हुनुका साथै चमकदार देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *