सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङमा गरी १६ वटा छात्रबृत्ति

काठमाडौँ १ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्( सीटीइभीटी)ले भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरुका भूकम्पपिडीत परिबारका छात्रछात्राका लागि छुट्याइएको छात्रबृत्ति ( प्राविधिक) विषयमा प्रयाप्त दरखास्त नपरेको भन्दै पुन सूचना निकालेको छ ।

नयाँ सूचना अनुसार स्कुल अफ हेल्थ साइन्स, भरतपुर चितवनमा सामान्य चिकित्सामा ४ सिट र डिप्लोमा इन फार्मेसी ४ सिट रहेको छ । त्यस्तै गौर नर्सिङ कलेज गौर रौतहट, तानसेन नर्सिङ स्कुल तानसेन पाल्पा, शैलजा आचार्य स्मृति पोलिटेक्निक मोरङमामा प्रमाणपत्र तह नर्सिङ विषयका लागि ८ सिट रिक्त रहेको जनाएको छ । सीटीइभीटीले यो संगै अन्य प्राविधिक विषयमा पनि दरखास्त आवहान गरेको छ ।

सीटीइभीटीले यसअघिको शैक्षिक कार्यक्रमको उत्तीर्ण सूची ( पास लिष्ट)मा रहेका परीक्षार्थीहरुले आगामी ९ जेठसम्ममा निवेदन दर्ता गराउन आवहान गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना :

ctevt

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *