स्वर्गीय भरतलाल श्रेष्ठको स्मृतिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

64
Shares

blood

काठमाडौँ ३१ बैशाख –  बरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको स्मृतिमा शुक्रबार न्युरोडस्थित विशालबजार परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कामना न्यूज पव्लिकेशन्स, दि रोलिङ स्टोन्स् ईङ्लिस स्कूल, ब्लोदान एशोसियसन नेपाल, स्यस्यः समाज, विशाल बजार व्यापार संघ, लाइन्स तथा लियो क्लव अफ विशाल बजारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रममा १ सय १७ जनाले रक्तदान गरेका थिए ।स्वर्गीय श्रेष्ठको तीन महिना अघि ७४ बर्षको उमेरमा निधन भएको थियो ।

विशालबजार लायन्स क्लबका संस्थापकअध्यक्ष समेत रहेका स्वर्गीय श्रेष्ठले लायन्स क्लबको स्थापनाकालदेखि नै रक्तदान कार्यक्रम मार्फत हजारौं पिन्ट रगत संकलन गरी ब्लड बैंकलाई उपलब्ध गराउँदै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *