महिलामा हुने क्यान्सरबाट कसरी बच्ने ?

cancer

हिजो आज क्यान्सर रोगबारे जानकारी नभएका मानिस संसारमै विरलै होलान । किनकी यो रोग विश्वव्यापी र भयावह बन्दै गएको छ ।

क्यान्सर एउटा त्यस्तो रोग हो जो रोगको संक्रमण भएको व्यक्तिको शरीरमा अस्वभाविक र अनियन्त्रन्त्रित रुपमा कोषिकाहरु बढ्दै जान्छ ।
क्यान्सरमा कोषहरुको हुने शिघ्र बृद्धिले छोटो समयमै ती कोषहरु डल्लोको रुपमा परिणत हुन्छ र हामी अडकल गर्न थाल्छौँ कि क्यान्सर त भएन ?

यो एउटा खतरनाक रोग हो । यो शरीरको कुनै पनि भागमा हुन सक्दछ र यो रोग जुनसुकै उमेर समूहका ब्यक्तिहरुलाई लाग्न सक्दछ । तापनि ४० वर्ष उमेर नाघेका व्यक्तिहरुमा यो रोग लाग्ने सम्भावना बढी देखिएको छ ।

जोगिन के गर्ने  ?

१. स्तनमा अस्वभाविक गाँठा गुँठीहरु देखिन आएमा शुरुमै चिकित्सकसंग जँचाउनु पर्दछ ।

२. समय समयमा गर्भासयको श्राव परीक्षण गराउनुस । यसो गर्दा क्यान्सर लाग्न सुरु रहेछ भने पनि सुरुमै पत्ता लाग्छ र उपचारका लागि सहज हुन्छ ।

३. खानपानमा विशेष ध्यान दिनुस । फलफुल सागसव्जीमा जोड दिनुस । अर्थात सन्तुलित भोजन गर्नुस । यसले पनि क्यान्सर रोग लाग्ने सम्भावनालाई दूर गर्छ ।

४.  हेपाटाइटिस बी बिरुद्धको खोप लगाउनु आवश्यक हुन्छ ।

५.  चिल्लो बोसोयुक्त वा मसालेददार खानाको प्रयोग सकभर गर्दै नगर्नुस गर्नै परे अत्यन्त कम गर्नुस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *