गण्डकी मेडिकल कलेज पोखरामा पनि एमआरआई सेवा

OLYMPUS DIGITAL CAMERA

पोखरा (२७ बैशाख) – पोखरामा पहिलोपटक स्तन क्यान्सरको एमआरआई (मेमोग्राफी) सुरु हुने भएको छ । गण्डकी मेडिकल कलेजले ल्याएको सिमेन्स कम्पनीको टेस्ला १.५ एमआरआई मेसिनले यो सेवा दिने भएको हो ।

अहिलेसम्म स्तनको मेमोग्राफीका लागि भारत तथा अन्य देशमा जानुपर्ने समस्या रहीआएकोमा सोको समाधान गर्ने उदेश्यले मेसिन ल्याएको गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले जानकारी दिए ।उक्त एमआरआई मेसिन अहिलेसम्मकै अत्याधुनिक र कम समयमा पनि राम्रो नतिजा दिन सक्ने बताइएको छ ।

खनालका अनुसार अहिलेसम्म नेपालमा भएका मेसिनहरूमा एमआरआई गर्न ४५ मिनेटजति लाग्छ, तर यो मेसिनबाट एमआरआई गर्दा अधिकतम २० मिनेट मात्रै मेसिनभित्र बसे पुग्छ । सो मेसिनले शरीरका कुनै पनि अंगको एमआरआई गर्दा अन्य मेसिनको भन्दा बढी रेजुलेसनमा फोटो प्रिन्ट हुने भएकाले स-साना समस्याको पनि प्रभावकारी पहिचान गर्न सकिन्छ । कम समय लाग्ने, कम विकिरण फाल्ने हुँदा यो मेसिनको साइड इफेक्ट शून्यप्रायःछ ।

विश्वमाअहिले प्रत्येक चारवटा क्यान्सरमा एउटा स्तन क्यान्सर हुने गरेको छ । नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलामा स्तन क्यान्सर बढी हुने गरेको तथ्य विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा छ ।

सन् २००९ मा स्थापित गण्डकी मेडिकल कलेजले सुरुमा ३ सय शय्याबाट सेवा सञ्चालन गरेको थियो । हाल त्यहाँ २० शय्याको आइसियू, २१ शय्याको एनआइसियू र ५ शय्याको एसआइसियू सेवा सहित ५४२ शैयाका साथै अत्याधुनिक ल्याब, डायलासिस, सिटी स्क्यान, भिडियो एक्सरे लगायतका सेवा उपलव्ध रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *