ग्रान्डी अस्पतालमा ‘ह्यान्ड हाइजिन’ र संक्रमण नियन्त्रणबारे कार्यक्रम

grandee

काठमाडौँ (२६ बैशाख) – वर्ल्ड ह्यान्ड हाइजिन डे ५ मे २०१६ को अवसर पारेर ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले एक सिएमई कार्यक्रम आयोजना गर्यो ।

सिएमइमा संक्रमण नियन्त्रणमा हातको सरसफाई र संक्रमण नियन्त्रणमा यसको भुमिका लगायतका बिबिध आयामहरुबारे छलफल गरिएको थियो ।

सिएमई कार्यक्रममा अस्पतालका क्रिटिकल केयर मेडिसिन बिभागका चेयरम्यान प्राध्यापक डा. अर्जुन कार्की, इन्टेन्सिभिष्ट तथा क्लिनिकल को-अर्नेटर डा. सुभाष आचार्य र इन्फेक्सियस डिजिजका कन्सल्ट्यान्ट डा. एन्ड्रयु ट्रोटरले ह्यान्ड हाईजिनले बिरामीको उपचारमा खेल्ने महत्वपूर्ण भुमिकाका बारेमा प्रबचन दिएका थिए ।

त्यसैगरी इन्फेक्सन कन्ट्रोल नर्सहरु सामना सैंजु, एन्जिला कोइराला, रश्मी गिरीले ह्यान्ड हाइजिनका ब्यवहारिक पक्ष र इन्फेक्सन कन्ट्रोल नर्सका रुपमा आफुहरुले गरेको अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा अस्पतालको इन्फेक्सन कन्ट्रोल डिपार्टमेन्टले ह्याण्ड हाइजिनबारे तयार पारेको भिडियो पनि सार्वजनिक गरिएको थियो । अन्य अस्पतालबाट सिएमइमा सहभागि भएका मेडिकल स्टाफहरुसँग ह्यान्ड हाइजिन र इन्फेक्सन कन्ट्रोल बारे अन्तरकृया समेत गरिएको थियो ।

ग्रान्डी अस्पतालको इन्फेक्सन कन्ट्रोल डिपार्टमेन्टको अगुवाइमा सम्पन्न कार्यक्रममा उपत्यकाका १० वटा अस्पतालका १०० जना भन्दा बढी मेडिकल स्टाफहरुको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *