यी हुन् तेजपत्ताका फाइदा

taj

बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ ।

त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ ।

१. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ ।

२. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ ।

३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ ।

४. तेजपत्ताको पातलाई लेप बनाएर दहीम मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ ।

५. तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *