डा. भगवानको टोलीद्धारा ४२६जनाको मुटुरोग परीक्षण

heart check upइलाम (२६ वैशाख )- बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सहित १२ जनाको चिकित्सक टोलीले ४२६जनाको मुटुरोग परीक्षण गरेको छ । ती मध्ये गम्भीर समस्या देखिएका २० जनालाई थप उपचारका लागि काठमाडौँ बोलाएको छ ।

जिल्ला अस्पताल इलाममा हिजो सम्पन्न एक दिने मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको थियो । सो शिबिरमा इलाम सहित पाचथर र ताप्लेजुंगका मानिसहरु आएका थिए ।

शिविरमा २१० जनाको मुटुको इको, १२० जनाको इसिजी, मुटु परीक्षण गरी औषधि वितरण गरिएको थियो ।शिविर समापन अवसरमा बोल्दै डा कोइरालाले पैसाको अभावका कारण कोही पनि नेपालीलाई अकालमै मर्न नदिने र त्यस्ता जटिल किसिमका रोगीलाई काठमाडौँमा बोलाएर निःशुल्क सेवा दिइने बताए ।

करुणा फाउण्डेसन नेपालको आयोजना र मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँ, इलाम अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, इलाम उद्योग वाणिज्य सङ्घ तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा शिविर सञ्चालन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *