खोप के हो ? खोप लगाउँदा हुने फाइदा

Vaccine in vial with syringe. Vaccination concept.  3d

खोप भनेको रोग लाग्नबाट बचाउन भ्याक्सीन दिई शरीरको रोगसंग लड्ने क्षमता बढाउनु हो ।

आजीवन रोग लाग्नबाट बचाउन खोपको प्रयोग गरिन्छ अधिकांश खोपहरु बच्चा जन्मेदेखि एक बर्षको उमेर भित्रै पूरा गर्नु पर्छ ।

बालबालिकालाई नियमित रुपमा सम्पूर्ण खोप लगाउनाले बच्चाको शारीरिक तथा मानसिक बिकास हुनुको साथै बिभिन्न संक्रामक रोहरुबाट बचाउन सकिन्छ ।

बालबालिकालाई स्वस्थ राख्न, अपाङ्गताबाट बचाउन र मृत्युको खतराबाट बचाउन सबै खोपका मात्राहरु पूरा गनुृ पर्दछ ।

खोप लगाउनुका फाइदाहरु ;

– बालबालिकालाई रोग लागेर उपचारको लागि स्वास्थ्य संस्था धाउनु भन्दा बच्चा जन्मिएको एक वर्षभित्र तोकिएका खोपको सबै मात्रा दिएमा बालबालिकालाई रोगसंग लड्ने शक्ति प्रदान हुन्छ र रोगदर, अपाङ्गदर र मृत्युदरमा कमि ल्याउन सकिन्छ ।

– बालबालिकाहरुमा रोगसंग लड्ने क्षमता कम हुन्छ । त्यसकारण पूर्ण खोप दिएको खण्डमा बिभिन्न रोगहरुको आक्रमणबाट बचाउन सकिन्छ ।

– आमा र नवजात शिशुमा धनुष्टङ्कार रोगबाट बचाउन गर्भवती महिलालाई २ मात्रा टि डि खोप दिनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *