अञ्चल अस्पताल कञ्चनपुरमा बिरामीको चाप
कञ्चनपुर – एक महिना अघिदेखि बिशेषज्ञ चिकित्सकको आगमनले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली अञ्चल अस्पालमा बिरामीको चाप बढ्न थालेको छ ।
लामो समयदेखि दरबन्दीका चिकित्सक बिहिन अवस्थामा रहेको अञ्चल अस्पतालमा एक महिना अघिदेखि चारजना बिशेषज्ञ चिकित्सकहरु आएपछि बिरामीको चाप बढ्न थालेको अस्पतालका मेडिकल रेकर्ड अधिृत केशव अवस्थीले जानकारी दिए ।
सो अस्पतालमा चिकित्सकको अभावमा दैनिक १ सय जना जति बिरामीले उपचार पाउन सकेका थिएनन् । अहिले दैनिक २ सय भन्दा बढी बिरामी उपचारका लागि आइरहेको अधिकृत अवस्थीले बताए ।
२७ जना चिकित्सकको दरबन्दीका लागि आवश्यक सबै पूर्वाधार रहेपनि चिकित्सक नहुँदा यहाँका स्थानीयले उपचारका लागि भारतका विभिन्न अस्पतालका साथै अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
अवस्थीका अनुसार “चिकित्सक आएपछि बिरामीलाई निकै सहज भएको महसुस भएको छ ।” “फेरि पनि दरबन्दीमा चिकित्सक ल्याउने गृहकार्यमा अस्पताल विकास समिति जुटेको छ ।”
अस्पतालका अनुसार हाल यहाँ बालरोग विशेषज्ञ डा. सुजन भट्टराई, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. अर्जुनप्रसाद दुम्रे, स्त्रीरोग विशेषज्ञमा डा. सलिना खड्का र सर्जन डा. घनश्याम थापा कार्यरत छन ।
सम्पर्क इमेल : [email protected]