कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरलाई दश लाख आर्थिक सहयोग
पाल्पा – कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज संस्था फ्रेन्सले रु.१० लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
रामपुर नगरपालिका १० किसानबारी स्थित मितेरी पार्कमा निर्माण भएरहेको आँखा उपचार केन्द्रलाई फ्रेन्स जापानले आर्थिक सहयोग गरेको जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले बताए ।
आखाँ उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलका अनुसार आँखा उपचार केन्द्रको भौतिक पूर्वाधार ब्यवस्थापनका लागि प्राप्त सहयोग रकम सहीरुपमा परिचालन गरिने बताएका छन् ।
उक्त अस्पतालबाट पूर्वी पाल्पा लगायत स्याङ्जा, तनहुँ र नवलपरासीका आँखा रोगीहरुले उपचार सेवा लिदै आएका छन् ।
त्यसैगरी जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले पाल्पा जिल्लाका बिभिन्न ठाउँहरुमा स्वास्थ्य, शिक्षा लगायत अन्य बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् ।
सम्पर्क इमेल : [email protected]