किशमिशको पानी खानु फाइदै फाइदा

500
Shares

kismis2किशमिशका दानालाई पानीमा २० मिनेट जति सानो आगोमा उमालेर रातभर राखेर खानाले शरीरमा उत्पन्न हुने बिभिन्न समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१. किशमिशको पानी केही दिन सम्म नियमित खानाले कब्जियत, एसिडिटी तथा थकान जस्ता समस्याबाट मुक्ति मिल्छ ।

२. किशमिश उमालेको पानी पिउनाले शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरमा ट्राइग्लिसेराइड्सको मात्रालाई कम गर्छ ।

३. यसमा फ्लेबेनाइड्स एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ जसले त्वचालाई सुरक्षित तथा चमकदार बनाउन मद्दत गर्छ ।

४. दिनप्रतिदिन यसको पानीको नियमित सेवनल गर्नाले पाचन शक्ति बढाउँछ ।

५. यसको सेवनले लिभरको समस्याबाट पनि मुक्ति मिल्नुका साथै शरीरमा मोटाबोल्ज्मिको स्तरलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *