थाहा पाउनुस् रेबिजबाट बच्ने उपाय
रेबिज रोग बहुला कुकुरले वा अन्य बहुलाएको जनावरले मानिसलाई टोेकेमा लाग्छ । यो एक प्राणघतक रोग पनि हो ।
यो रोग लागिसकेपछि कुनै उपचार हुँदैन । त्यसैले बहुला कुकुर वा अन्य कुनै पनि बहुला जनावरले टोक्ने बित्तिकै साबुनपानीले टोकेको ठाउँमा तुरुन्तै धोएर सफा गर्नु पर्छ ।
साथै त्यसको लगत्तै नजिकको स्वास्थ्य संस्थामा वा अस्पतालमा गई उपचार गराउनु पर्छ ।
रेबिज लाग्नबाट बच्ने उपाय :
आफ्नै घरमा पालेको कुनै पनि घरपालुवा जनावरदेखि सधै सतर्क रहनुुपर्छ । कहिलेकाहिँ घरमा नचिनेको मनिस आएमा, कुकर निदाएको बेलामा, जिस्काएमा, यस्तो बेलामा टोक्न सक्छ ।
यस्तो अवस्थालाई बिचार गरेर जनावरसंग ब्यबहार गर्नु पर्दछ । त्यसमाथि बहुला जनावर भएमा झन् सतर्क हुनु पर्दछ ।
तीन महिना वा सो भन्दा बढी उमेरको सामुदायिक कुकुर, घरमा पालेको कुकुर तथा बिरालोलाई जिल्लास्थित पशु सेवा निकायमा वर्षमा एक पटक अनिवार्य रुपमा जँचाएर एन्टिरेबिज भ्याक्सिन लगाउने बानी बसालेमा रेबिजबाट बच्न सकिन्छ ।