तराईका ९० प्रतिशत मानिसले सुर्ती सेवन गर्छन : डा. महतो

dr birendraकाठमाडौँ – सांसद डा. बीरेन्द्रकुमार महतोले नेपालको तराई क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग अति बढी भएको दावी गरेका छन् । उनले तराईमा बस्ने मधेसी मधेसी समुदायमध्ये झण्डै ९० प्रतिशतले कुनै न कुनै खालको सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको बताए । सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण तराईका जनता सबैभन्दा पीडित क्यान्सर रोगबाट भएको उनको प्रस्ट्याई थियो ।

नेपाल क्यान्सर काउन्सिलले बुधबार राजधानीमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सभासद डा. महतोले सुर्तीको प्रयोगमा नजानिदो गरी तराईमा सबैभन्दा बढी प्रयोग भएको र डरलाग्दा रोगको सिकार समेत तराईबासी वा मधेसी भएको दावी गरे ।

‘हरेकका मुखमा हेर्नुस कुनै न कुनै सुर्तीजन्य पदार्थ छ । अनि रोग लाग्छ तर गाँउमा आउने नक्कली झोले डाक्टरसंग औषधि गराउँछन् , त्यसले भएन भने झारफुक र लामाधामी तिर लाग्छन् । त्यसले पनि भएन भने बल्ल स्वास्थ्य चौकी र अस्पताल तिर लाग्छन् । जतिवेला निकै ढिलो भइसकेको हुन्छ ।’उनले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि चित्रअंकित स्वास्थ्य संन्देशमा बृद्धि गर्नुपर्ने र करमा भारीमात्रामा बृद्धि गर्र्नुपर्ने बताए ।

क्यान्सर काउन्सिलका अध्यक्ष रुद्र कडरियाले क्यान्सर रोगको प्रमुख कारक रहेको सुर्तीजन्य पदार्थको नियन्त्रण गर्नुपर्ने बताए । उनले सुर्ती नियन्त्रणका लागि नेपालमा कडा कानून बनेपनि लागू हुन नसकेको भन्दै त्यसमा जोड दिए ।

अन्तक्र्रिया कार्यक्रममा झण्डै ४ सय बढी प्रहरी अधिकृत तथा जवानहरुको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *