सुर्ती उद्योगमा प्रहरीको छापा, ३३ बोरा सुर्ती नियन्त्रणमा

nepal policeसिरहा –  लहान नगरपालिका–८ मा सञ्चालित उद्योगमा प्रहरीले आज छापा मारी बजार पठाउने तयारी अवस्थामा रहेका ३३ बोरा सुर्ती नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय लहानले विजय गुप्ताद्वारा लहान नगरपालिका–८ मा सञ्चालित जगवीर छाप सुर्ती उद्योगमा छापा मारी आन्तरिक राजस्व कार्यालयको स्टिकर नटाँसी बजारमा लैजान लागेका अवस्थामा ती सुर्ती नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक पाँचु चौधरीले जानकारी दिए ।

यस्तै आजै बिहान प्रहरीले अवैध छ बोरा सुर्ती र गुट्खा सहित लहान नगरपालिका–५ का व्यापारी उपेन्द्र साहलाई पक्राउ गरेको छ । नियन्त्रित सुर्ती र व्यापारी साहमाथि आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान पठाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *