यसरी गर्नुस दाँतमा ब्रस ( फोटो सहित )

सफा चम्किलो र स्वस्थ दाँतले मानिसको व्यक्तित्व झल्काउछ । शरीरका अन्य भागको स्वास्थ्यमा तपाईँले जति ध्यान दिनुहुन्छ त्यति नै ध्यान दाँत र गिजाको स्वास्थ्यमा पनि दिनुपर्छ ।

दाँतको स्वास्थ्यमा ध्यान नदिदा दाँत र गिजामा समस्या त हुन्छ नै यसको अलावा मुटु, मिर्गौला तथा केही मात्रामा क्यान्सर रोगको समेत जोखिम बढ्छ । यस्तो महत्वपूर्ण दाँतको सफाई चाँही कसरी गर्ने हो त ? आउनुस हेरौँ डेन प्लानले सिकाएको छ तरिका

१. ब्रसको टाउकोलाई दाँतमा राखी त्यसलाई करिब ४५ डिग्रीको झुकाब दिएर गोलाकार रुपमा चलाई सबै दाँतको सतहहरु सफा गर्नुस् ।

२. तल र माथिका दाँतहरुको बाहिरी सतहमा ब्रसलाई तलमाथि गर्दै चलाएर सफा गर्नुस् ।

३. तल र माथिका दाँतहरुको भित्री सतहमा पनि ब्रसलाई राम्ररी चलाई सफा गर्नुस् ।

४. दाँचको चपाउने सतह अर्थात तल र माथिका दाँतका टुप्पोमा राम्ररी सफा गर्नुस् ।

५. दाँतको भित्री सतह सफा गर्न ब्रसलाई ठाडो पारेर गोलाकार रुपमा चलाई ब्रस गर्नुस् ।

६. ब्रस गर्दा ज्रिबोमा समेत गर्नु राम्रो हुन्छ । यसो गर्नाले मुखको व्याक्टेरिया हटाई मुखको दुर्गन्धहटने वा सास ताजा गर्न मद्धत मिल्छ ।

brus

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *