स्वास्थ्य समूहबाट सचिव बनाउन गच्छदारलाई ज्ञापन पत्र

NMA-logoकाठमाडौँ – स्वास्थ्य समूहको व्यक्ति सचिव बनाउनुपर्ने भन्दै नेपाल चिकित्सक संघले शुक्रबार मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन पत्र बुझाएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेबारी फोरम लोकतान्त्रिक पार्टीले लिएको र उनलाई निर्देशन दिन संघे ध्यानाकर्षण गराएको हो । यसअघि बुधबार संघले बुधबार स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई ज्ञापन पत्र बुझाएको थियो ।मन्त्रालयमा हाल रहेका रहेका प्रशासन समूहका सचिव शान्तबहादुर श्रेष्ठलाई हटाउन संघले ज्ञापन पत्र बुझाएको हो ।

संघले गच्छदारलाई बुझाएको पत्रमा भनिएको छ, ‘जनआन्दोलनको उपलब्धी स्वरुप एक मात्र मन्त्रालयको चिकित्सक सचिवहुने व्यवस्था भएको र सोको कार्यान्वयन समेत भई सकेकोलाई कुर्तकको आधारमाविगतका सरकार र पूर्व मन्त्रीले ऐन विपरित चिकित्सकको नियुक्तनगरेको माननीय उपप्रधानमन्त्रीज्यूलाई अवगत गराउन चाहान्छौं ।’

संघले तत्काल माग पुरा नगरे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *