मदिरा सेवनका लागि दैनिक ४० हजार भारतीय नेपाल छिर्छन्

drinking alcohol

काठमाडौँ – भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

भारतको बिहार राज्यमा मदिरा प्रयोग र बिक्री वितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पक्षलार्इ आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।

भारतको विहार राज्यको सीतामढीमा भएको सीमा बैठकमा महोत्तरी,सर्लाही, रौतहट र भारतको सीतामढी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायसम्वद्ध बैठकमा भारतीय अधिकारीले निर्णय कार्यान्वयनमा गइसकेकाले सहयोग गर्न आग्रह गरेका थिए।

नेपालबाट भारततर्फ हुने मदिरा तस्करी रोक्न सहयोगको आग्रह गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए। वैठकमा बिहारको आसन्न ग्राम पन्चायत निर्वाचन र मदिरा रोकथाम मुख्य एजेन्डा थिए।

रिपोर्टका अनुसार नेपालको झापादेखि नवलपरासीसम्मको सीमासँग जोडिएका बिहार राज्यको मधुवनी, सीतामढी, पूर्वी चम्पारण, सुपौल, किसनगन्जसहित १३ जिल्लाका ४० हजार बिहारी दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन्।

  • राजधानी दैनिकमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *