ग्राण्डी अस्पतालमा ४८ जना हेमोफिलिकको निःशुल्क परीक्षण

After Camp Group pic with Haemophilic Campकाठमाडौँ – विश्व हेमोफिलिया दिवसको अवसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ ।

नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभाग र फिजिकल थेरापि बिभागले आयोजना गरेको शिविरमा नेपाल हेमोफिलिया सोसाइटीमा सदस्य रहेका ४८ जना हेमोफिलिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर भास्करराज पन्तले शिविरमा आएका हेमोफिलिकहरुको स्वास्थ्य परीक्षण गरि आवश्यक परामर्श दिएका थिए ।

त्यसैगरी अस्पतालको फिजिकल थेरापि बिभागका प्रमुख राजेश सिंह नेतृत्वको टोलीले हेमोफिलिकहरुलाई हेमोफिलियामैत्री फिजियो थेरापिबारे परामर्श तथा प्रशिक्षण दिएको थियो ।

वंशाणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने भएकाले यसले जोर्नी बिगार्ने र समयमा निदान तथा उपचार नगरेमा यसले मानिसलाई अपाङ्ग समेत बनाउन सक्छ ।

पछिल्लो समयमा नेपालमा पनि हेमोफिलियाको उपचार सम्भव छ । आन्तरिक रक्तश्रावले गर्दा मांसपेशी तथा जोर्नीहरुमा उत्पन्न हुने बिभिन्न समस्याहरुको उपचार ग्राण्डीमा पनि हुदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *