फार्मेसी लाइसेन्सको नतिजा सार्वजनिक : फर्मासिस्ट तर्फ ४१.४ र असिस्टेन्स फर्मासिस्ट तर्फ ५४.६ प्रतिशत उत्तीर्ण
काठमाडौँ – नेपाल फार्मेसी काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । केही बेर अघि प्रकाशित नतिजा अनुसार फार्मेसी सहायक ( असिस्टेन्ट फर्मासिष्ट) तर्फ ३५६ जना( ५४.६ प्रतिशत) र फर्मासिस्ट ( व्याचलर) तर्फ १५८ जना ( ४१.४ प्रतिशत) उत्तीर्ण भएका छन् ।
काउन्सिल सदस्य प्रदीप लम्सालका अनुसार असिस्टेन्ट फर्मासिस्ट तर्फ प्रविधिक त्रुटिका कारण ७ जनाको नतिजा भने वीथहेल्डमा राखिएको छ ।
शनिबार ( हिजो ) भएको परीक्षामा कुल १ हजार ४१ जनाले सहभागीता जनाएका थिए । जसमध्ये ६ सय ५९ जनाले फार्मेसी सहायक(असिस्टेन्ट फर्मासिस्ट) र ३ सय ८२ जनाले फर्मासिस्ट तहको परीक्षा दिएका थिए ।
परीक्षा उत्तीर्ण गरी लाइसेन्स प्राप्त गर्न परीक्षामा कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्छ । काउन्सिलले फार्मासिष्ट र असिस्टेन्ट फार्मासिष्ट तहको लाइसेन्स परीक्षा बर्षको तीन पटक गर्ने गर्दछ ।