उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

नुवाकोट – गत असार १ मा कारको ठक्करबाट घाइते भएपछि मलेसियाको राजधानी क्वालालम्पुरस्थित मलाय अस्पतालमा उपचाररत रसुवा भोर्ले–६ रुप्सेनीका गोविन्द न्यौपाने उपचार खर्च तिर्न नसेका कारण अस्पतालमै बन्धकजस्तो बनेका छन्।

करिब ११ अर्ष अगाडि मलेसिया गएका न्यौपानेको उपचार खर्च करिब ३५ लाख रुपैयाँ पुगेको बताइएको छ। पछिल्लो केही समययता भिसा अवधि सकिएपछि पनि स्वदेश नफर्किएपछि गैरकानुनी कामदार बनेका कारण उनको उपचार खर्चमा समस्या भएको न्यौपानेकी श्रीमती रोशनीले बतनाइन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

सरकार र सहयोगीले पहल गरिदिएपछि श्रीमानलाई नेपाल ल्याउन सकिने भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह समेत गरेकी छिन्। जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन कार्यक्रम ‘सामी’ परियोजनाको कार्यालयमा सहयोग समन्वय गराउन आएकी रोशनीले भनिन्,‘जसरी भए पनि श्रीमानलाई नेपाल ल्याइदिन सहयोग गर्नुपर्यो।’

दुर्घटनामा परेको चारदिनपछि होस आएको गोविन्दको ढाडको हड्डी भाँचिएको छ। स्पाइनल कर्डमा स्टिल राखेर उपचार गरिएको उनको दाया हातको चोरी औलाबाहेक हातखुट्टा चल्दैन। मेसिनको सहाराले मात्र उभिन सक्ने भएपनि नियमित थेरापी भए सुधार हुने डाक्टरहरुले बताएको रोशनीले बताइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *