कम्मरको नापबाट मुटु रोगको जोखिम अनुमान गर्न सकिने

0
Shares

fat

मियमी – मधुमेह रोगका विरामीमा  गरिएको अध्ययनबाट कुनै व्यक्तिको पेट तथा कम्मरको  नापले मुटु रोगको सम्भावनाबारे पूर्वसूचना प्राप्त गर्न सहयोगी हुने बताइएको छ ।

शनिबार मुटु रोग सम्बन्धमा पढाइ हुने एक विश्वविद्यालयको अध्ययन प्रतिवेदन सिकागोमा सार्वजनिक गर्दै यसबारे जानकारी दिइएको हो ।

उक्त समूहले नमुनाका लागि २०० जना मधुमेहका रोगीलाई लिएको थियो । अध्ययनका क्रममा उनीहरुमा मुटु रोगको लक्षण देखा परिनसके पनि उनीहरुको जीवनको उत्तराद्र्धमा मुटुसम्बन्धी समस्या आउने पाइएको बताइएको छ ।

अध्ययनले सानो कम्मर र पेट भएका मधुमेह रोगीलाई भन्दा ठूलो पेट भएका मधुमेह रोगीको मुटुको देब्रेपट्टि रहेका शिरामा समस्या आउने बताएको छ । यसले प्रशस्त अक्सिजन भएको रगतलाई मानिसको मस्तिष्क लगायतका अन्य भागमा पठाउने गर्दछ ।

“हाम्रो अध्ययनमा कम्मरको परिधि मुटुको देब्रे भागमा रहेका शिरालाई शिथिल पार्न मद्दत गर्दछ जुन शरीरको अन्य भाग वा तौलभन्दा बढी जिम्मेवार हुन्छ”, जोन मेरिल्याण्डस्थित हकिन्स विश्वविद्यालयमा अध्यापनरत डाक्टर तथा प्रमुख अनुसन्धाता वोएज रोजेनले बताए ।

यसअघिका अध्ययनले मानिसको शरीरको पूरा ब्यासको उचाइ तथा तौल जति बढी भयो त्यति नै मुटुको समस्या हुन सक्ने खतरा हुने बताएका सो अध्ययनले जनाएकोे छ ।

पेटमा अनावश्यक धेरै बोसो अथवा पेटको स्याउ आकारको आकृति हुनुलाई यसपूर्व नै उच्च रक्तचाप, ग्लुकोज, ‘कोलस्टोरल’, कोरोनरी आर्टरी समस्या तथा हृदयाघातका सूचकका रुपमा लिइँदै आएको थियो ।

अध्ययनले स्याउ आकारको भुँडी तथा कम्मरको परिधिलाई जति कम गर्न सक्यो त्यति नै हृदयाघात तथा मुटुका अन्य समस्याको जोखिम कम हुने बताएको छ ।

देब्रे शिरामा समस्या आउनुलाई ‘कन्जेस्टिभ हार्ट फेलर’ भनिन्छ । – एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *