रुसमा गएर एमबीबीएस पढ्न सरकारी छात्रबृत्तिको अवसर
काठमाडौँ – शिक्षामन्त्रालयले रुसमा गई एमबीबीएस अध्ययन गर्न चाहनेले दरखास्त पेस गर्न आवहान गरेको छ ।
मन्त्रालयले रुस सरकारबाट सन् २०१६/१७ का लागि प्राप्त एमबीबीएस अध्ययनका लागि २ वटा आंशिक छात्रबृत्तिमा मनोनयन गर्नु पर्ने भएको भन्दै दरखास्त पेश गर्न आवहान गरेको हो ।
मन्त्रालयले गत मंसिर १४ को छात्रबृत्ति परीक्षामा योग्यता क्रममा आएका उमेद्धवारले आगामी २६ चैतसम्म दरखास्त पेश गर्न आग्रह गरेको छ ।
सूचना यस्तो छ :